२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024

दिल्लीमा भाजपाले १५ वर्षदेखिको पकड गुमायो



एजेन्सीँ ।

भारतको दिल्लीमा भारतीय जनता पार्टी ९भाजपा० ले १५ वर्षदेखिको पकड गुमाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी ९भाजपा० ले १५ वर्ष लगातार तीन कार्यकालपछि स्थानीय निकायमा हिजो भएको चुनावमा हार ब्यहोर्ने देखिएको छ । चुनावमा आम आदमी पार्टीको बहुमत आउने सङ्केत देखिएको छ ।

कुल २ सय ५० सदस्यीय दिल्ली नगर निगम ९एमसीडी० सदनमा आम आदमी पार्टीले १ सय ३४ सिट जितेको छ भने भाजपाका उम्मेदवारले १ सय ४ वडामा जितेका छन् ।

चुनावको पूर्ण नतिजा घोषणा भइसकेको छैन । एमसीडीमा बहुमत सिट जितेपछि आम आदमी पार्टीले छिट्टै दिल्लीको मेयर पदका लागि आफ्नो उम्मेदवार नियुक्त गर्ने अपेक्षा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो एक महिनामा राष्ट्रिय राजधानी दिल्लीमा आप र भाजपाबीच चर्को चुनावी प्रतिस्पर्धा देखिएको थियो । आपको मुख्य चुनावी प्रतिबद्धता दिल्लीका विभिन्न कुनामा बनेका फोहरका थुप्राहरू हटाउने र दिल्लीलाई स्वच्छ र सफा सहर बनाउने रहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९ बिहिबार ००:००  ८ : ११ बजे