२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

जाडोमा किन हुन्छ कपाल झर्ने समस्या ?



काठमाडौं ।

कपाल झर्नु आम समस्या भए पनि जाडोमा यसले अलि बढी दुस्ख दिइरहेको हुन्छ । जाडोमा मौसम चिसो र सुख्खा हुँदा कपाल धेरै दुख्ने गर्छ।

हामी चिसोमा नुहाउन तातो पानी प्रयोग गर्छौं यसले पनि कपाललाइ सुख्खा बनाउँछ । यस्तो अवस्थामा कपाल झर्न थाल्छ । यसका साथसाथै टुक्रा टुक्रा हुने र डन्डीफोरको समस्या पनि बढ्न जान्छ । जाडोमा टाउकोको छाला सुक्खा हुनबाट बचाउँन हप्तामा एक वा दुई पटक कपाल र टाउकोमा तातो नरिवलको तेल लगाउने गर्नुहोस् यसले टाउकोमा नमरमता ल्याइ राख्छ ।

त्यस्तै, कपालमा केमिकल युक्त स्याम्पु तथा कन्डिसनरको प्रयोग नगर्नुहोस् । कपालमा चाँया छ भने प्रशस्त पानी पिउनुहोस् । एक गिलास पानीमा एक कागतीको रस मिसाएर बिहान पिउने बानी गर्नाले पनि कपाल झर्न कम हुन्छ ।

यसबाहेक फलफूल, सलाद, हरियो सागसब्जी, सागसब्जी र दहीलाई आहारमा समावेश गर्नुहोस्। तनावबाट बच्ने प्रयास गर्नुहोस्। दैनिक योग, र व्यायाम गर्नुहोस्, यसर तनाव कम गर्न र कपाल झर्ने समस्याबाट टाढा राख्न मद्दत गर्दछ।

प्रकाशित मिति : २५ मंसिर २०७९ आइतबार ००:००  १ : ४४ बजे