८ फाल्गुन २०८०, मंगलबार | Tue Feb 20 2024

वेस्ट इन्डिजसँगको टेस्ट शृङ्खला अस्ट्रेलियाले जित्यो



काठामाण्डौ ।

वेस्ट इन्डिजसँगको टेस्ट क्रिकेटको शृङ्खला अस्ट्रेलियाले जितेको छ । आज आइतवार सकिएको दोस्रो टेस्ट चार सय १९ रनले जितेसँगै अस्ट्रेलियाले दुई खेलको शृङ्ख्ला ुह्वाइट वासु सहित आफ्नो पक्षमा पारेको हो ।

अस्ट्रेलियाको एडिलेडमा चार सय ९७ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिज ७७ रन बनाउँदा अलआउट भयो । उसका लागि टेगनारायण चन्देरपलले सबैभन्दा धेरै १७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क, माइकल नसिर र स्कट बोलान्डले तीनरतीन विकेट लिए । यस्तै नाथन लायनले एक विकेट लिए ।

विश्व टेस्ट च्याम्पियनशिपको तालिकामा अस्ट्रेलिया १२ खेलमा एक सय आठ अङ्कसहित शीर्ष स्थानमा छ । वेस्ट इन्डिज ११ खेलमा ५४ अङ्कका साथ सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९ आइतबार ००:००  २ : ०२ बजे