१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

अर्घाखाँचीमा ट्याक्टर दुर्घटनामा एक युववको मृत्यु



अर्घाखाँची । 

ट्याक्टर दुर्घटना हुँदा सोमवार एक जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका २ खाकाबेसीमा ट्याक्टर दुर्घटना हुँदा भुमिकास्थान नगरपालिका वडा नम्बर २ निवासी ३५ वर्षका चालक ठाकुर पाण्डेको उपचारको क्रममा मृत्यु भएको हो । 

स्थानीय खोलाबाट बालुवा लिएर गएको लु ४ त १२२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २६ मंसिर २०७९ सोमबार ००:००  ६ : १० बजे