१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अवैध मदिरा बोकेको गाडीसहित दुई जना पक्राउ



महोत्तरी ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ७ स्थित परिक्रमा गाछी ईलाकाबाट मंसीर २६ गते सशस्त्र प्रहरीले करिब नौ लाख ६४ हजार रुपैयाँ बराबरको ४० कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोेकेको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीले भारतमा घर बताउने ३६ वर्षीय राजा साह र २२ वर्षीय अजित कुमारलाई नियन्त्रणमा लिएको हो बीआ।०६ पीबी ९७११ नम्बरको बोलेरामा राखेर नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागिएको उक्त मदिरा तथा गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई बरामद मदिरा तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९ मंगलबार ००:००  १ : ४४ बजे