१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमा ज्यान गयो



सोलुखुम्बु ।

सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमा ज्यान गएको छ ।

सोलु दूधकुण्ड नगरपालिका- ३ तामाखानी घर भइ दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय राम प्रकाश मगरको मङ्गलवार हिजो ज्यान गएको हो ।

बेलुका राम्रैसँग सुतेका मगरको हृदयघातका कारण ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । मगर केही दिनदेखि ब्लड प्रेसरका कारण सामान्य बिरामी रहनुभएका परिवारले जनाएको छ । मगर झन्डै ५ वर्षअघि कोरिया पुग्नुभएको थियो।

प्रकाशित मिति : २८ मंसिर २०७९ बुधबार ००:००  ९ : १९ बजे