११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

काठमाण्डौ आज विश्वको १३औँ प्रदूषित सहर



काठमाण्डौ ।

आज काठमाण्डौ विश्वको १३औँ प्रदूषित सहर बनेको छ । वायु प्रदूषणको मात्रा बढ्दै गएपछि काठमाण्डौ प्रदूषित सहरको १३औँ स्थानमा पुगेको हो ।

आज बिहान काठमाण्डौ उपत्यकाको हावाको प्रदूषण सूचकाङ्क एक्यूआई १ सय ६० रहेको छ । बिहान सबैभन्दा धेरै भक्तपुरको सूर्यविनायकमा एक्यूआई १ सय ६० पुगेको छ । यस्तै, भक्तपुरका तीन वटा स्टेसनको एक्यूआई १ सय ५० भन्दा माथि रहेको छ । एक्यूआई शून्यदेखि ५० सम्मलाई सामान्य रुपमा लिने गरिन्छ । त्यसभन्दा माथि अस्वस्थ मानिन्छ ।

प्रदूषित सहरको पहिलो नम्बरमा पाकिस्तानको लाहोर, दोस्रोमा बङ्लादेशको ढाका, तेस्रोमा पाकिस्तानकै कराँची, चौथो र पाँचौँमा भारतको नयाँ दिल्ली र कोलकाता रहेका छन् ।

प्रकाशित मिति : २ पुस २०७९ शनिबार ००:००  ८ : ४५ बजे