१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदै



काठमाण्डौ ।

आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदैछ । आप्रवासी श्रमिक दिवसका अवसरमा नेपालमा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन् । नेपालमा ‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञानः उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित यसवर्षको दिवस मनाइँदैछ ।

आप्रवासी श्रमिकको हित र अधिकारको रक्षाको साथै उनीहरू माथि हुन सक्ने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्र सङ्घले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तीनका परिवारको सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि, १९९० पारित गरेको थियो । यो सन्धि सन् २००३ जुलाई १ देखि लागू भएको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००० डिसेम्बर ४ मा पारित गरेको प्रस्ताव नम्बर ५५ र ९३ लाई पारित गर्दै संसारभर ठूलो सङ्ख्यामा रहेका आप्रवासीको सरोकारको दस्ताबेज पारित भएको दिन १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रूपमा मनाउने गरिएको छ ।

पुस ७ गतेसम्म विभिन्न कार्यक्रम हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम० ले सन् २०२२ मा प्रकाशित गरेको माइग्रेसन रिपोर्ट अनुसार संसारभरि २८ करोड ५९ लाख मानिसहरू आप्रवासी श्रमिकको रूपमा रहेका छन् ।

नेपालको कुल ग्रार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान औसत २५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०६५-६६ देखि २०७८-७९ सम्म ५० लाख ८ सय ३३ जना वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०७८र७९ सम्म वैदेशिक रोजगारीको क्रममा १० हजार ९ सय ३२ जनाको रोजगारीकै क्रममा ज्यान गएको छ । दुई हजार १ सय २५ जना गम्भीर बिरामी तथा अङ्गभङ्ग भएर स्वदेश फर्किएका छन् ।

प्रकाशित मिति : ३ पुस २०७९ आइतबार ००:००  ८ : १३ बजे