८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

राम गोरखा मा.बिका विद्यार्थी तथा शिक्षकहरुको पुर्नंमिलन कार्यक्रम



कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगंज स्थित श्री राम गोरखा माध्यमिक विद्यालयका एस.एल.सी. २०५० ब्याचका विद्यार्थी तथा शिक्षकहरुको पुर्नंमिलन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा एस एल सी पछि बिभिन्न पेशामा आबद्ध रहेका सरकारी जागिरे, व्यापारी, शिक्षक, हेडमास्टर, वित्तीय संस्थामा कार्यरत, किसान तथा विदेशमा जागिर गर्ने पुर्व विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रमको आयोजना गरेका अरुण कुमार पाण्डेले विभिन्न पेशामा आबद्ध पुराना साथीहरुको पुर्नंमिलन तथा भेटघाटले विद्यार्थीकालको सम्झना गराएको बताए । पाण्डेयले २९ वर्षपछि पुराना साथीभाईसँगको भेटघाट रोमाञ्चक हुनुका साथै अविष्मरणीय भएको बताए । 

आगामी दिनमा आफ्नो व्याचका साथीहरुसँग वर्षेनी पुर्नंमिलन कार्यक्रम आयोजना गर्नुका साथै सामाजिक क्षेत्रहरुमा समेत सहयोग गर्ने खालका कार्यक्रमरु ल्याउने सोच बनाएको सहभागीहरुले बताएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७९ सोमबार ००:००  ३ : ३९ बजे