१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

संसदीय दल नेता छान्न आज बिहान ८ बजेदेखि मतदान, शेरबहादुर र गगन मैदानमा



काठमाडौं

नेपाली कांग्रेसले आज निर्वाचनबाट संसदीय दलको नेता चयन गर्ने भएको छ।

आज बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्न समय दिइएको छ। मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ।

संसदीय दल नेताका लागि दुई जनाले मनोनयन दर्ता गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका हुन्। संस्थापन पक्षबाट देउवा र संस्थापनइतर समूहबाट थापाले उम्मेदवारी दिएका छन्।

कांग्रेसबाट प्रतिनिधि सभामा ८९ जना सांसद छन्। उनीहरू नै मतदाता हुन्।

महामन्त्री थापाका पक्षमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललगायत समर्थक छन्। उनीहरूले पार्टीभित्र रूपान्तरण र परिवर्तन जरूरी रहेको बताएका छन्।

सभापति देउवा पक्षले भने गठबन्धन गरेर चुनाव गरिएको र अब पनि गठबन्धनकै सरकार बन्ने भएकोले दल नेतामा देउवा हुनुपर्ने बताइरहेका छन्।

प्रकाशित मिति : ६ पुस २०७९ बुधबार ००:००  ७ : ५४ बजे