११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

अनिद्राका कारण र समाधानका उपाय



काठमाडौं ।

स्वस्थ रहन कम्तीमा आठ घन्टा निदाउन जरुरी छ । तर, विभिन्न कारणले मानिसको निद्रा बिग्रिरहेको हुन्छ । एक्कासि आइपरेको मानसिक तनाव, क्षणिक उत्तेजित अवस्था, डर, डिप्रेसन, आत्तिने रोगजस्ता मानसिक रोगले गर्दा पनि अनिद्रा हुन्छ ।

लागुपदार्थको सेवनले पनि यस्तो समस्या निम्त्याउन सक्छ । कम्प्युटर स्क्रिनमा धेरै समय बिताउने र मोबाइलको प्रयोग धेरै गर्ने बानीले पनि निद्रा बिग्रन्छ । बेडमा बसेर टिभी हेर्ने, बेडमै मोबाइल चलाउने, बेडमै बसेर पढ्ने बानीले पनि निद्रा लाग्दैन । कतिपय मानिसलाई बाहिरी कोलाहलका कारण पनि निद्रा लाग्दैन ।

कसरी बच्ने ?
– बिहान समयमै उठ्ने बानी बसाल्नुपर्छ ।
– दैनिक शारीरिक व्यायाम गर्ने ।
– स्वस्थ खानेकुरा र जीवनशैली अपनाउने ।
– सकेसम्म धेरै चिल्लो पदार्थ भएको खानेकुरा नखाने ।
– कम र स्वस्थकर खाना खाने बानी बसाल्ने ।
-बेलुकी १० देखि बिहान ६ बजेसम्म सुत्ने । दिउँसो सकेसम्म नसुत्ने ।
-लागुपदार्थको सेवन नगर्ने ।
-तनाव व्यवस्थापन गर्न प्रयास गर्ने ।
– खानपिन र दैनिक क्रियाकलापको मुख्य रोल हुन्छ । त्यसैले मानिसलाई राम्रो निद्रा पाउनका लागि दिनचर्यालाई पनि सहज बनाउनुपर्छ ।

प्रकाशित मिति : ६ पुस २०७९ बुधबार ००:००  ८ : ३९ बजे