७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

त्रिविका क्याम्पसले २२ दिनसम्म हिउँदे बिदा दिन पाउने



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि ) का सबै आंगिक क्याम्पस तथा केन्द्रीय विभागले बढीमा २२ दिनसम्म हिउँदे विदा दिन पाउने भएका छन्।

पुस ३ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले पुस १७ गतेदेखि हिउँदे विदा दिन सकिने गरी यो निर्णय स्वीकृत गरेको हो।

‘यो वर्ष आ आफ्नो निकायको अनुकुलता परीक्षा,कक्षा सञ्चालन आदि अवस्था हेरेर २०७९ पुस १७ देखि बढीमा २२ दिनसम्म विदा दिन सकिने छ’,सूचनामा भनिएको छ।

प्रकाशित मिति : ७ पुस २०७९ बिहिबार ००:००  १ : २८ बजे