१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताको बैठक बस्दै



काठमाडौँ ।

सत्ता गठबन्धनका प्रमुख तीन दलको बैठक आज पनि बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेपछि बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शीर्ष पद बाँडफाँटका बारेमा निर्णायक छलफल हुने नेताहरुले बताएका छन्।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता सहभागी हुने छन्। सरकार गठन गर्नुपर्ने दिन नजिकिदै गर्दा दलहरु सहमतिका लागि थप दबाबमा परेका छन्।

प्रकाशित मिति : ८ पुस २०७९ शुक्रबार ००:००  ४ : ०८ बजे