१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

यादव र राईद्वारा शपथ ग्रहण



काठमाण्डौ ।

प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्रराय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारमा रहेको सङ्घीय संसद् सचिवालयमा आज शुक्रवार आयोजित कार्यक्रममा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले उहाँहरूलाई शपथ गराउनुभयो ।

शपथ समारोहमा सचिवालयका महासचिव डा. भरतराज गौतम, सचिवलगायत संसद्का कर्मचारीको उपस्थिति थियो । प्रतिनिधि सभाका दुई सय ७० सदस्यले हिजो बिहीवार नयाँ बानेश्वरको संसद् भवनमा शपथ लिनुभएको थियो । यादव र राई कारणवश शपथ लिन छुट्नुभएको थियो ।

अझै दुई सांसदले शपथ लिन बाँकी छ । सांसदद्वय प्रेम आले पारिवारिक शोक तथा माया राई सुत्केरी भएका कारण शपथ लिन सक्नुभएको छैन । उहाँहरूले उपयुक्त समयमा शपथ लिन सक्ने सचिवालयले जनाएको छ । रासस

प्रकाशित मिति : ८ पुस २०७९ शुक्रबार ००:००  ४ : २० बजे