१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सरकार गठनबारे छलफल गर्न गठबन्बनको बैठक बस्दै 



काठमाडौँ ।

सरकार गठनबारे छलफल गर्नका लागि सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ४ बजे बस्ने गरी बोलाइएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले गठबन्धनमा रहेका राजनीतिक दलका नेताहरूलाई छलफलका लागि शनिबार ४ बजे बालुवाटारमा बोलाइएको जानकारी दिए । उनका अनुसार गठबन्धनमा रहेका सबै दलका शीर्ष नेताहरू बैठकमा डाकिएको छ ।

सरकार गठनका लागि राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकारको प्रधानमन्त्रीमा दाबी गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गरेकी छन् ।

प्रधानमन्त्रीमा गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाबी गरिरहेका छन् । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।

प्रकाशित मिति : ९ पुस २०७९ शनिबार ००:००  ४ : १२ बजे