१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

लुम्बिनी प्रदेश : देउखुरीबाटै प्रदेश सभा सचिवालयको कामकाज सुरु हुँदै



दाङ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङको देउखुरीबाट प्रदेश सभा सचिवालयको सबै कामकाज हुने भएको छ ।

अस्थायी मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेश सभा सचिवालयको सबै कामकाज भोलि पुस ११ गतेदेखि दाङबाटै सुरु हुने लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभएको छ । अबको प्रदेश सभा बैठक र नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ पनि देउखुरीमै राख्ने गरी तयारी भइरहेको छ ।

प्रदेश सचिवलगायत सचिवालयमा कार्यरत सबै कर्मचारी बुटवलबाट स्थायी राजधानी क्षेत्रमा पुगिसकेका छन् । दाङमा सबै मन्त्रालयको कार्यालय स्थापना भइसकेको छ । पाँच करोड २० लाख रुपैयाँ लागतमा प्रदेश सभा भवन तयार भइसकेको छ । लुम्बिनी प्रदेश सभाको बैठक पनि स्थायी राजधानी दाङमा नै बस्दैछ ।

प्रदेश सभा सचिव पुनमगरले नवनिर्मित प्रदेश सभा भवनबाटै सदन चलाउने तयारीसहित काम अघि बढेको जानकारी दिनुभयो । पुस १५ गतेदेखि २१ गतेको बीचमा नै शपथ ग्रहण गराउने तयारी छ ।

प्रकाशित मिति : १० पुस २०७९ आइतबार ००:००  १२ : ३५ बजे