५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

तीन दल तत्काल प्रचण्ड नेतृत्वको सरकारमा नजाने



काठमाडौं ।
विभिन्न तीन दल तत्काल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने भएका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने भएका हुन् । 

सात दलको समर्थन प्राप्त गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार प्रधानमन्त्री पदको शपथ लिँदा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीबाट गरी कुल ७ जना मन्त्रीले पनि शपथ लिएका थिए । 

तर, राप्रपा, जसपा र नागरिक उन्मुक्तिबाट भने तत्काल सरकारमा सहभागी नहुने प्रतिक्रिया आएको हो । नागरिक उन्मुक्तिले पार्टी बैठकबाट यो निर्णय गरेको छ भने जसपाले राजनीतिक समितिको अर्को साता बस्ने बैठकले ठोस निर्णय गर्नेछ । 

यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टी सरकारमा जाने सम्भावना नरहेको बताएका थिए । पार्टीले बुधबारका लागि कार्यसम्पादन समितिको बैठक समेत बोलाएको छ । 

प्रकाशित मिति : १२ पुस २०७९ मंगलबार ००:००  ११ : ०५ बजे