३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

सभापति कलामलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न अभिषेकको माग



मायादेवी अनलाइन, बाणगंगा ।
नेपाली कांग्रेसका नेता अभिषेक प्रताप शाहले जिल्ला सभापति अब्दुल कलामलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न माग गरेका छन् ।

केन्द्रीय सभापति शेर बहादुर देउवालाई एक पत्र लेख्दै शाहले जिल्ला सभापतिसहित १२ जना नेतालाई कारबाही गर्न माग गरेका हुन् ।

शाहले लेखेको पत्रमा जिल्ला उप-सभापति हुमकान्त खनाल, जिल्ला सचिव प्रेम बहादुर रायमाझी, क्षेत्रिय सभापति ब्रह्मानन्द उपाध्याय, जिल्ला प्रवक्ता इश्वरी पाण्डे, जिल्ला सदस्य हरि प्रसाद पोख्रेललाई पनि साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न माग गरिएको छ ।

शाहले गएको मंसिर ४ को चुनावमा प्रतिनिधि सभामा सदस्यमा चुनाव हारेका थिए । ०६४ देखि लगातार चुनाव जित्दै आएका शाह ५ दलिय गठबन्धनको साथ पाएर पनि हारेका हुन् । चुनाव हारे लगत्तै कांग्रेस कपिलवस्तुमा भाडभैलो मच्चिएको छ ।

क्षेत्रिय समितिले स्वयम शाहलाई कारबाहीका लागि सिफारिस गरेको छ । यसको प्रतिउत्तरमा शाह पुनः उत्रेका हुन् ।

कांग्रेस क्षेत्र नं. ३ को क्षेत्रिय कार्यसमितिले शाह र कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न जिल्ला, प्रदेश र केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।

प्रकाशित मिति : १२ पुस २०७९ मंगलबार ००:००  ४ : २० बजे