६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

जसपाले छान्यो सर्वसम्मत संसदीय दलको नेता



काठमाडौं ।
जनता समाजवादी पार्टी जसपा संसदीय दलको नेतामा रामसहाय यादव सर्वसम्मत चयन भएका छन् ।

आज दलको नेता छान्न जसपाले चुनावी कार्यक्रम तय गरेको थियो ।

बारा २ बाट निर्वाचित यादव अध्यक्ष उपेन्द्र यादव निकट मानिन्छन् ।

संसदीय दलको नेताको रेसमा अशोक राई र राजकिशोर यादवले पनि दाबी गरेपछि चुनाव नगर्न यादवका नाममा सहमति खोजिएको जसपाका एक नेताले बताए ।

प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेका छन् ।

प्रकाशित मिति : १३ पुस २०७९ बुधबार ००:००  १२ : ४६ बजे