१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लुम्बिनी प्रदेशसभा सदस्यको शपथ ग्रहण १६ पुसमा, १८ गतेका लागि अधिवेशन आह्वान 



देउखुरी ।
लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदहरूले यही पुस १६ पुसमा शपथ ग्रहण गर्ने भएका छन् । प्रदेश सरकारले १८ पुसका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेको छ । अधिवेशनभन्दा अगावै सांसदहरूको शपथ ग्रहण हुन लागेको हो ।

लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले ‘अधिवेशन बोलाउन क्याबिनेटले निर्णय गरेर प्रदेशप्रमुख समक्ष पेस गरिसकेको छ। शपथको मिति पनि क्याबिनेटकै सिफारिसमा तय गरिएको हो । हामी १६ गतेका लागि तयारी अवस्थामा छौँ।

लुम्बिनी प्रदेशका सदस्यहरुलाई पहिलोपटक आफ्नो भवन प्रदेशसभा भवन देउखुरी दाङमै शपथ गराउने गरी तयार भएको छ । लुम्बिनी प्रदेश सरकारले स्थायी मुकाम राप्ती उपत्यका देउखुरी, दाङबाट सञ्चालन गरी सकेको छ भने प्रदेशसभा पनि आफ्नै नयाँ भवनबाट सञ्चालनको तयारी भइरहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७९ बुधबार ००:००  १ : २६ बजे