२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

बुटवलमा सडक दुर्घटना हुँदा १ जनाको मृत्यु



बुटवल ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको अस्पताल लाइनमा भएको सडक दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१ज ६३६७ नम्बरको जीप अनियन्त्रित भई पल्टिँदा प्यूठानको गौमुखी गाउँपालिका–१ का २८ वर्षीय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २९ वर्षीय सुरेश तामाङ र मिनबहादुर तामाङ घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार तीव्र गतिमा रहेको जीप सडकको मध्यभागमा रहेको पर्खाल र बार नाघेर विपरीत दिशामा पुगेको थियो ।

प्रकाशित मिति : १६ पुस २०७९ शनिबार ००:००  ११ : २६ बजे