१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चर्चामा शिवराजका मेयर थापा, कार्यपालिका बैठक लाइभ देखि निःशुल्क शिक्षा बनाउने दिशामा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले कार्यपालिका बैठक लाइभ गराउँदै आएको छ । कपिलवस्तुका १० स्थानीय तह मध्ये शिवराज मात्र यस्तो स्थानीय तह हो, जसले कार्यपालिका बैठक लाइभ गराउने गरेको छ ।

स्थानीय सरकारको महत्वपूर्ण बैठकका रुपमा कार्यपालिका बैठक रहने गरेको छ । कार्यपालिका बैठकबाट नै स्थानीय तहका हरेक निर्णय हुँदै आएका छन् । महिनाको एक पटक अनिवार्य र अरु कामको प्रकृति अनुसार कार्यपालिका बैठक बस्न सकिने कानुनी प्रावधान छ ।

‘नगरबासीलाई नगरपालिकाले कस्तो निर्णय गर्दैछ भन्ने सूसुचित गराउनका लागि कार्यपालिका बैठक लाइभ गराएका हौं’, मेयर अजय थापाले भने ।

जिल्लाका सबैभन्दा कम उमेरका मेयर थापाले युवापिँढीको मन जित्न थालेका छन् । थापाले काठमाडौंका मेयर बालेन शाहले जस्तै कार्यपालिका बैठक लाइभ गराएर मन जितेको शिवराज नगरबासी बताउँछन् ।

कार्यपालिका बैठक सबैलाई थाहा दिन हुँदैन् भन्ने कतिपय पालिकाको सोच रहदै आएको छ । आन्तरिक बैठक सबैलाई देखाउनुको अर्थ नहुने उनीहरुको तर्क छ । कार्यपालिकाले गर्ने निर्णयसम्म बाहिर सार्वजनिक गर्न कतिपय पालिकाले आनाकानी गर्दै आएका छन् । तर शिवराज नगरपालिकाले सावर्जनिक रुपमै बैठक लाइभ गराउँदै आएको छ ।

मेयर थापाले भन्छन्-‘म नगरमा केहीँ गरु भन्ने मान्यता राखेर आएको हुँ । कुनै स्वार्थ पुरा गर्नु छैन् । जनताले चुनेर पठाएका जनप्रतिनिधि सार्वजनिक व्यक्ति हुन् । कार्यपालिका बैठकले के निर्णय गर्दैछ ? कस्तो निर्णय गर्छ भन्ने जनतालाई सुनाउँदा के सकिन्छ र ? जनताकै पक्षमा गर्ने निर्णय जनतालाई सुनाएर, देखाएर गरौं भनेर कार्यपालिका बैठक लाइभ गराएका हौं ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित भएका मेयर थापा कार्यपालिका र नगरसभामा पार्टीको एक्दो जनप्रतिनिधि हुन् । राप्रपाको बहुमत नहुँदा मेयर थापालाई काम गर्न त्यति सहज छैन् भन्ने अड्कलबाजीलाई उनको कामले खारेज गरिदिएको छ ।

यद्यपि शिवराजमा नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधि बीच मोर्चाबन्दी भने नभएको होइन् । चुनावमा छुट्टा छुट्टै प्रतिस्पर्धा गरेका कांग्रेस, एमाले नगर कार्यपालिका बैठकमा गठबन्धन गरेर चुनावमा गएका थिए । अहिले शिवराजको कार्यपालिका र नगर सभा दुवैमा यी दुई दलको बहुमत छ ।

बिना स्वार्थ जनताको काममा खटिदा कसैबाट रोकावट हुन सक्दैन् भन्ने बलिया उदाहरण बनेका छन् मेयर थापा ।

‘महत्वपूर्ण विषय जनताको काम गर्नु हो । जनतालाई केन्द्रीत राखेर काम गर्दा कसैबाट राजनीतिक आग्रह, पूर्वाग्रह आउँछ भने उहीँ आफै सकिन्छ’, मेयर थापा भन्छन् ।

मेयर थापाले ५ बर्षे कार्यकालमा आफूले केही गरेर देखाउँने बताउँछन् । नगरलाई समृद्ध बनाउनका लागि आफ्नो तवरबाट कुनै कसर बाँकी नराख्ने उनले बताए ।

कक्षा १२ सम्मको शिक्षालाई निशुल्क बनाउने अभियानमा लागेका थापा शिक्षा प्रति सचेत भएको देखिन्छन् । नगरको वडा नं. १ धानखोला क्षेत्रका विद्यार्थीका लागि स्कूल बसको प्रबन्ध थापाले मिलाएका छन् ।

नगरको भौगोलिक विकटतामा रहेको धानखोलाका विद्यार्थीलाई स्कूलसम्म आउँन समस्या थियो । मेयर थापाले स्कूल बसको प्रबन्ध मिलाएका छन् ।

शिवराजमा शैक्षिकसत्र ०८०/०८१ बाट कक्षा १२ सम्मको शिक्षा निशूल्क लागू हुँदै छ । सुरुवातमा यो निर्णय गराउन खोज्दा मेयर थापालाई कतिपयले होचुवा निर्णय भनेर टिप्पणी गरेका थिए । कक्षा १२ सम्मको शिक्षा कस्तो बनाउने अधिकार पाएका थापा विभिन्न टिप्पणीलाई खारेज गर्दै कार्यान्वयन तहमा पुग्न थालेका हुन् ।

यो पनि पढ्नुहोस्…

एक दुई महिना भित्रै शिवराजको चोरखोला गाउँमा बिजुली *बल्छः मेयर थापा

शनिबारको दिन औपचारिक कार्यक्रममा नजाने, नगरबासीको घरआँगनमा जाने मेयर थापाको घोषणा

कार्यभार सम्हालेको सुरुवाती चरणमै आशा जगाएका यी मेयर

प्रकाशित मिति : २४ पुस २०७९ आइतबार ००:००  ७ : १२ बजे