२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

दाङको तुलसीपुरमा नवजात शिशुको शव फेला



दाङ ।

दाङ तुलसीपुरको एक सामुदायिक वनमा नवजात शिशुको शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ९ मा रहेको नवदुर्गा सामुदायिक वनमा सालनालसहितको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको हो ।

स्थानीय महिलाले दाउरा खोज्न जङ्गल गएको समयमा हिजो दिउँसो नवजात शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : २३ माघ २०७९ सोमबार ००:००  १२ : ५८ बजे