१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाणगंगाका प्रहरी अधिकृत चुँदाली विभूषित



मायादेवी अनलाइन, बाणगंगा
लुम्बिनी प्रदेश स्थापनाको अवसरमा नेपाल प्रहरीका प्रहरी निरीक्षक नबिन चुँदाली विभूषित हुनुभएको छ । शान्ति सुरक्षा, अपराध अनुसन्धान, लागु औषध नियन्त्रणको क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाएकोमा प्रदेशका मुख्यमन्त्री लिला गिरीले उजीर सिंह द्धितीय पदकबाट विभुषित गर्नुभएको हो ।

लुम्बिनी प्रदेश सरकारको पाँचौ प्रदेश स्थापना दिवसका अवसरमा दाङको सुलीचौरमा आयोजित एक विशेष समारोहमा चुंदाली विभूषित हुनुभएको हो ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा प्रहरी कार्यालयमा कार्यरत हुँदा प्रहरी अधिकृत नविन चुदाँलीले अपराध अनुसन्धान, लागु औषध नियन्त्रण, विपद्मा परेका नागरिकको उद्धार र नागरिकको शान्ति सुरक्षा लगाएतका कार्यमा महत्वपूर्ण योगदान पुरयाउनु भएको थियो ।

बाणगंगा ४ गजेहडा निवासी चुँदाली २०७४ सालमा प्रहरी अधिकृत हुनुभएको थियो । विभूषित भएपछि खुशी व्यक्त गर्दै प्रहरी निरीक्षक चुँदालीले आफ्नो कर्तब्य प्रति अझ बढि जिम्मेवार बनाएको बताउँदै शान्ति सुव्यवस्था कायम गरी देश र जनताको सुरक्षाका लागि आफू सदैव प्रतिवद्ध रहेको बताउनुभयो । सोहि समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई पदकले सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९ बिहिबार ००:००  ९ : ३७ बजे