१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

शितगंगामा आज सार्वजनिक बिदा



अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाले आज सोमवार सार्वजनिक बिदा दिने भएको छ । ४१ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा आज फागुन १५ गते नगरपालिकाले सार्वजनिक बिदा दिने भएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो ।

नगरपालिकाले एक सूचना निकालेर आज सार्वजनिक बिदाका दिन नगरभित्रका सार्वजनिक निकाय, सङ्घ–संस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था बन्द रहने जनाएको छ ।

भौगोलिक हिसाबले देशकै ठूलो नगरपालिका शितगंगामा मगर समुदायको बाहुल्यता रहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९ सोमबार ००:००  ७ : १७ बजे