१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

फागुन २५ देखि जजिराले पुनः उडान भर्ने



भैरहवा ।

एक सातापछि कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पुनः उडान सुरु गर्नेभएको छ । जजिराले कुवेतका लागि सातामा तीन दिन उडान थाल्ने घोषणा गरेको हो ।

एयरलाइन्सले प्रेस विज्ञप्ति जारी गर्दै फागुन २५ गते बिहीबारदेखि पुनः उडान सुरु गर्ने जनाएको छ । जजिराले जारी गरेको विज्ञप्तिमा भैरहवाबाट स्थानीय समयअनुसार मंगलबार, बिहीबार र शनिबार बिहान ८ः०५ बजे कुवेतका लागि उडान गर्नेछ ।

त्यस्तै, कुवेतबाट सोमबार, बुधबार र शुक्रबार राति ११ः५० बजे भैरहवाका लागि उडान हुनेछ । भैरहवाबाट कुवेतका लागि एकतर्फी भाडा २८ हजार ८३६ रुपियाँ तोकिएको नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले बताउनुभयो ।

गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट भैरहवा उडान भर्दैआएको जजिराले पछिल्लो समय मौसमलाई कारण देखाउँदै आफ्ना उडान काठमाडौंकेन्द्रित गरेको थियो । पछिल्लो समय मौसम खुल्दा समेत जजिराले उडान सुरु नगरेपछि संशय पैदा भएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९ शुक्रबार ००:००  ६ : ०५ बजे