२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

दूधको मूल्य नौ रुपैयाँ बढाइयो, अब लिटरकै ६५ रुपैयाँ पर्ने



काठमाण्डौ ।

सरकारले दूधको मूल्य एकै पटक नौ रुपैयाँले बढाएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो।

कृषि तथा पशुपंक्षी मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रिपरिषद्ले प्रतिलिटर ९ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको छ। अहिले दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा छ। कृषि मन्त्रालयले पठाएको प्रस्तावअनुसार ९ रुपैयाँ बढेको जानकारी आएको छ, ती अधिकारीले भने।

योसँगै अब एक लिटर दूधको उपभोक्ता मूल्य ६५ रुपैयाँ पुगेको छ। हरेक दुई वर्षको मूल्य समायोजन गरिने बताइए पनि सरकाले पछिल्लो एकै वर्षमा दुई पटक दूधको मूल्य बढाएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०७९ शनिबार ००:००  ६ : २२ बजे