११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

सैनमैनामा एक पुरुषको शव फेला



बुटवल ।
रुपन्देहीको सैनमैनामा नगरपालिका एक पुरुषको शव फेला परेको छ । बुधवार सैनमैना नगरपालिका–२ मा रहेको बाबरी पार्टी प्यालेस नजिकै रहेको प्लटिङमा एक पुरुषको शव फेला परेको हो । प्लटिङमा एक पुरुषको शव फेला पनि उनको विस्तृत विवरण नखुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देही जनाएको छ ।

ती पुरुषको हत्या भएको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए । घटनाको थप अनुसन्धानका लागि अहिले घटनास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९ बुधबार ००:००  १ : १० बजे