२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

काम गर्ने असल र आँटिला मान्छेहरू पनि धर्तीमा छन् भन्ने सबैले बुझ्नुपर्छः माधव नेपाल



काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू प्रधानमन्त्री हुँदा असम्भव भनेको काम गरेर देखाएको दाबी गरेका छन्।

राष्ट्रपतिका लागि मतदान गरेर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सबैले भूमिका खेल्नुपर्ने बताए।

‘मैले आफ्नो कार्यकालमा असम्भव भनेको काम गरेर देखाएको छु। चुनौतीको सामना गरेर देखाएको छु। शान्ति प्रक्रियाको त्यो महत्त्वपूर्ण काम माओवादी सेनाको कन्टेनमेन्टहरुलाई सरकारको मातहतमा ल्याउने काममा मैले नै महत्त्वपूर्ण काम गरेका छु’ उनले भने, ‘काम गर्ने असर र आँटिला मान्छेहरू पनि यस धर्तीमा छन् भन्ने सबैले बुझ्नुपर्छ।’

शान्ति प्रक्रियाको बाँकी कामलाई अन्तर्राष्ट्रिय प्रचलन अनुसार टुंगोमा पुर्‍याउनुपर्ने उनको भनाइ छ।

उनले भने, ‘अहिले एकले अर्कालाई सजाय दिने दण्ड दिने भन्नुपर्दा पनि यसलाई टुंगोमा पुर्‍याउन अन्तर्राष्ट्रिय प्रचलन अनुसार आधारमा नै टुंगो लगाउनुपर्छ। सत्य निरूपण, बेपत्ता छानबिन आयोग बनेको छ।’

प्रकाशित मिति : २५ फाल्गुन २०७९ बिहिबार ००:००  १ : ३७ बजे