१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाल मगर संघ लुम्बिनी प्रदेश अध्यक्षमा थापा



कपिलवस्तु ।
नेपाल मगर संघ लुम्बिनी प्रदेशको दोस्रो अधिबेशनले अध्यक्षमा डिबि थापा मगरलाई चयन गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिकामा फागुन २७ देखि २८ गतेसम्म संचालन भएको अधिबेशनले नवलपरासीका थापा मगरको अध्यक्षतामा ४९ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।

समितिको मुख्य सचिवमा कपिलवस्तुका कुल बहादुर सोमै, कोषध्यक्षमा अर्घाखाँचीका तारा पुनलाई चयन गरिएको नेपाल मगर संघ कपिलवस्तु शिवराज नगर समितिका अध्यक्ष निरज बुढाले जानकारी दिनु भयो ।

२८ गते राति अबेरसम्म सहमतिको प्रयास पछि सर्वसम्मत रुपमा प्रदेश समिति चयन गरिएको उहाँले बताउनुभयो ।

अधिवेशन सम्पन्न गर्नका लागि अहोरात्र खट्नु हुने नेपाल मगर संघ, कपिलवस्तु जिल्ला र शिवराज नगरपालिका सम्पूर्ण पदाधिकारी सदस्यहरु, केन्द्रीय पदाधिकारी हरु, निवर्तमान प्रदेश समितिका पदाधिकारी, स्वयमसेवकहरु, विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिहरु, विभिन्न क्षेत्रबाट सहयोग र सद्भाव राख्नुहुने सवैप्रति नगर अध्यक्ष बुढाले धन्यवाद समेत व्यक्त गर्नु भयो ।

दुई दिनसम्म चलेको अधिबेशनमा प्रदेशका विभिन्न जिल्लाहरुबाट करिब तीन सय जना प्रतिनिधिहरुको सहभागिता रहेको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९ मंगलबार ००:००  ६ : ०६ बजे