१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने



बाँके ।
बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसानहरू उत्साहित भएका छन् । आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसानहरू उत्पादन बढ्नेमा आशावादी देखिएका छन् । एकाध आँप भएका बारी होस वा आँपको बगैँचा नै किन नहोस् यतिबेला सबैतिर आँपका रुखहरूमा फूलहरू फुलेका छन् ।

बाँकेमा घरायसी प्रयोजनका लागि अधिकांश घरमा आँपको रुख लगाइएको छ । यसैगरी, व्यावसायिक प्रयोजनका लागि विभिन्न स्थानमा समेत आँपका फुलहरू फुलेर झकिझकाउ भएका छन् । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमदले यस वर्ष आँपको सिजन राम्रो भएको बताउनुभयो ।

“आँप एक वर्ष बढी र अर्को वर्ष कम उत्पादन हुन्छ,” कार्यालय प्रमुख अहमदले भन्नुभयो, “यस वर्ष सबै तिरबाट आँपको उत्पादन राम्रो हुने अनुमान गरिएको छ ।”

बाँके लगायतका जिल्लामा चैत, वैशाख तथा जेठ महिनामा आउने हावाहुरीले आँप झारेर क्षति पु¥याउने भए पनि यस वर्ष फुलेको आधारमा बढी उत्पादन हुने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९ मंगलबार ००:००  ६ : १३ बजे