१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

चौथो मेयर कप बाणगंगाको उपाधि कस्ले उचाल्ला ? आज फाइनल खेल हुँदै



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा चौथो मेयर कप उपाधिको लागि आज फाइनल खेल हुँदै छ ।

नगरका ११ वटै वडाको सहभागीता रहेको मेयर कपको फाइनलका लागि वडा नं. १ र वडा नं. २ भिड्दै छन् ।
वडा नं. २ साविक विजेता टिम हो ।

जनता मावि पिपराको खेल मैदानमा भइरहेको फाइनल खेल दिउँसो १ बजे देखि सन्चालन हुने बाणगंगा नगरपालिकाले जनाएको छ ।

वडा नं २ ले वडा नं. १० लाई २-० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो भने वडा नं. १ ले वडा नं. ४ लाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो ।

मेयरको कपको विजेता टिमले नगद रु. एक लाख पाउने छ भने उपविजेतालाई रु. ७५ हजार नगर पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९ बुधबार ००:००  ६ : ४० बजे