१ असार २०८१, शुक्रबार | Fri Jun 14 2024

चैत ६ गते विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् ।

‘प्रधानमन्त्री प्रचण्डले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गर्नुभयो’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्रीज्यूले सबैसँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

यद्यपि औचारिक निर्णय भएको छैन ।’ सत्ता साझेदार दलका शीर्ष नेताले चैत ६ गते विश्वासको मत लिने विषयमा समझदारी बनाएका ती सदस्यले बताए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७९ बुधबार ००:००  ३ : ३० बजे