१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

चौथो बाणगंगा मेयर कपको उपाधि वडा नम्बर १ ले जित्यो



मायादेवी अनलाइन, बाणगंगा ।
चौथो बाणगंगा मेयर कप फुटवल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ ।

बुधवार भएको फाइनल खेलमा वडा नम्बर २ लाई १–० ले हराउँदै वडा नम्बर १ ले उपाधि चुम्न सफल भएको हो ।

वडा नम्बर १ का विशाल अधिकारीले गरेको एक गोल नै निर्णायक गोल बन्न पुग्यो ।

जितसगैं वडा नम्बर १ ले रु. एक लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै उपविजेता बनेको वडा नम्बर २ ले नगद रु. ७५ हजारसगैं शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

एक गोल गरेर १ नम्बर वडालाई उपाधि जिताउन सफल भएका अधिकारी नै फाइलन खेलका ‘म्यान अफ दि म्याज’ भएका छन ।

गत विहीवार देखि सुरु जनता मावि पिपराको खेल मैदानमा भएको खेलमा ११ वडाको सहभागीता रहेको थियो । पछिल्ला लगातार दुई उपाधि जितेको वडा नं. २ लाई वडा नं. १ ले यसपालि स्तब्ध पारेको हो ।

प्रकाशित मिति : २ चैत्र २०७९ बिहिबार ००:००  ६ : १० बजे