१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मनाङ मर्स्याङ्दीले जित्यो तिलोत्तमा गोल्डकपको उपाधि



बुटवल ।
२२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।

बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा ९-८ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको हो ।

उपाधिसंगै मनाङ सुदूर पश्चिमले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पाएको छ भने उपविजेता मनाङ सुदूर पश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाएको छ ।

२०३३ सालदेखि सुरू भएको तिलोत्तमा गोल्डकपको उपाधि मनाङले पहिलोपटक जितेको हो । निर्धारित समयमा दुबै टिमले १-१ गोल गरेका थिए । त्यसपछि खेल ट्राइब्रेकरमा गएको हो ।

सुदूर पश्चिमका फागुराम थारुको प्रहार विपक्षी गोलरक्षक जियानाथ शेखले रोके भने दीपेन्द्र मलासीको प्रहार पोस्ट बाहिर गएपछि मनाङको जित निश्चित भएको थियो ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, उत्कृष्ट अग्रपंक्तिका खेलाडी, गोलरक्षक, मध्यपंक्तिका खेलाडी, रक्षापंक्तिका खेलाडी र प्रशिक्षकले जनही ३० हजार रुपैयाँका दरले पुरस्कार पाएका छन् ।

उत्कृष्ट गोलरक्षक मनाङका जियानाथ शेख, उत्कृष्ट रक्षापंक्तिको खेलाडी आशिस गुरुङ, उत्कृष्ट अग्रपंक्तिको खेलाडी सुदूरपश्चिमका फागुराम थारु, उत्कृष्ट मध्यपंक्तिको खेलाडी मनाङका बिशन गुरुङ, उत्कृष्ट मध्यपंक्तिको खेलाडी मनाङकै किरण श्रेष्ठ घोषित भए ।

तिलोत्तमा गोल्डकपको २१ औं संस्करणको उपाधि क्यामरुनको दाउफिन्स क्लबले जितेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७९ शनिबार ००:००  ७ : २९ बजे