२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

गठबन्धन बैठकमा मन्त्रालय बाँडफाँटको विषय प्रवेश भएन



काठमाडौं ।
सत्तारूढ १० दलीय गठबन्धनको बैठक निर्णयविहीन भएको छ । मङ्गलवार बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्षविना नै सकिएको हो ।

मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न बसेको बैठक दलहरूले आ–आफ्नो दाबी नछोड्दा विना निष्कर्ष सकियो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधवार फेरि बसेर निष्कर्ष निकाल्ने बताउनुभयो । उहाँले आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार पक्षीय राजनीतिक दलका नेताहरूको बेठक बस्यो, बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भयो । आज भागबन्डाको बारेमा छलफल भएन । चाँडो भन्दा चाँडो सरकार विस्तार गर्ने कुरा भयो ।’

प्रमुख सचेतक लेखकले मन्त्रालयको बारेमा केही समस्या नरहेको पनि बताउनुभयो ।

प्रकाशित मिति : १५ चैत्र २०७९ बुधबार ००:००  ५ : ४० बजे