१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बसाइँसराइको प्रभाव बढ्दो, अर्घाखाँचीको जनसंख्या २० हजारले घट्यो



अर्घाखाँची ।
एक दशकभित्र अर्घाखाँचीको जनसंख्या २० हजारभन्दा बढीले घटेको छ । जनसंख्या घट्नुको मुख्य कारण बढ्दो बसाइँसराइ र कम जन्मदरलाई मानिएको छ ।

राष्ट्रिय जनगणना २०७९ को तथ्यांक अनुसार दस वर्षमा २० हजार ५ सय ४६ जनसंख्या घटेको छ । २०६८ को जनगणनामा अर्घाखाँचीको जनसंख्या १ लाख ९७ हजार ६ सय ३२ थियो । २०७९ मा घटेर १ लाख ७७ हजार ८६ रहेको छ । पुरुषभन्दा महिलाको संख्या १५ हजार ७ सय ४२ जना बढी रहेको छ ।

पहाड छाडेर तराई झर्नेको लर्को वर्षेनि बढ्दो क्रममा छ । दाङ, कपिलवस्तु, रुपन्देहीका सहरी क्षेत्रमा र काठमाडौंमा बढ्दो बसाइँसराइ भएकाले जनसंख्या घटेको बताइएको छ ।

तराई र सहरमा घरघडेरी किनेपछि गाउँबाट सुख सुविधा खोज्दै जन्मथलो छाडेर जाने क्रम बढ्दो रहेको साथै जन्मदर कम हुँदा अर्घाखाँचीको जनसंख्या घटेको तथ्यांक कार्यालयले सार्वजनिक गरेको हो । शिक्षा, स्वास्थ्य र रोजगारीको कारण देखाउँदै बसाइँसराइ भने बढ्दो रुपमा छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९ बिहिबार ००:००  ६ : ०९ बजे