१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

मौसम बदली : धेरै ठाउँमा वर्षा, केही ठाउँमा हिमपात



काठमाडौं ।
मौसम सामान्यदेखि पूर्णरुपमा बदली भएको छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको छ ।

आज दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गर हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात पनि हुने मौसम पूर्वानुमान माशाखाले जनाएको छ ।

आइतबार मौसममा केही सुधार हुने देखिएको छ । कोशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।थोरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

महाशाखाका अनुसार सोमबार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १८ चैत्र २०७९ शनिबार ००:००  ६ : ४३ बजे