१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

केपी ओली सुध्रिए मिलेर जान जान समस्या छैनः अध्यक्ष नेपाल



काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुध्रिए मिलेर जान सकिने बताएका छन् ।

काठमाडौंमा आयोजित सम्पादकहरूसँगको छलफलमा उनले आफूहरू सबैलाई समाप्त पारेर जानुपर्छ भन्ने पक्षमा नरहेको बताए ।

‘हामीले पनि यो कम्युनिष्ट आन्दोलनलाई विगतमा पनि नयाँ ढंगले अगाडि बढाएका हौं । अहिले पनि हामी त्यसमा अडिक छौं’, उनले ओलीलाई लक्षित गर्दै भने, ‘हाम्रो पार्टीको महत्वलाई सबैले विस्तारै महसुस गर्न थालेका छन् । हिजो यसको महत्व केही पनि छैन भन्नेहरूले नै विस्तारै चासो राखेर सोधिखोजी गर्न थालेका छन् । यो पनि खुसीकै कुरा हो ।’

विचार, नीति, दृष्टिकोण र भावनामा मिलेर एकैठाउँमा बसेर काम गर्न समस्या नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९ बुधबार ००:००  ४ : ४० बजे