१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

यो राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्यक्रमः प्रधानमन्त्री



काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सार्वजनिक सरकारको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिकै भएको दाबी गरेका छन् ।

सत्तारुढ गठबन्धनमा आवद्ध १० दलले १३ पृष्ठ लामो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा बनेको र अघिल्लो गठबन्धनले बनाएको न्यूनतम साझा कार्यक्रमका राम्रा विषयलाई विकसित र परिमार्जित गरेर यो पटक ल्याएको बताए । उनले अघि भने, ‘यो राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्यक्रम हो ।’

यसबारे अध्ययन गरेका धेरैले अघिल्लाहरु भन्दा राम्रो आएको र इमानदार कार्यान्वयन गर्ने हो भने अहिले देखिएका समस्या र असन्तुष्टिहरु सम्बोधन हुने बताएको उनले सुनाए ।

प्रकाशित मिति : २३ चैत्र २०७९ बिहिबार ००:००  ८ : ४१ बजे