१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

गुल्मीमा आगालागी, ८३ वर्षीय वृद्धको मृत्यु



गुल्मी ।
गुल्मीको मदाने गाउँपालिकाको एक घरमा आगलागी हुँदा एक जना वृद्धको जलेर ज्यान गएको छ । बिहीबार राति घरमा आगो लागेपछि मदाने गाउँपालिका–६ पुर्कोटदह अन्तरगत देउरालीका ८३ वर्षका ज्ञानबहादुर जिसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिनुभएको छ ।

राति करिब १० बजे अचानक घरमा आगो लागेपछि जिसीको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । मृतक जिसी घरमा एक्लै बस्दै आएको प्रहरी निरिक्षक घिमिरेले बताउनु भयो । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९ शुक्रबार ००:००  १ : ११ बजे