१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मोहन वैद्य र धर्मेन्द्र बास्तोला नेतृत्वको पार्टीबीच एकता



काठमाडौं ।
नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बीच पार्टी एकता भएको छ । आज काठमाडौंमा दुवै पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरी पार्टी एकता भएको जानकारी दिएका हुन् ।

आगामी मजदुर दिवसको दिन जनसभासहित एकताको औपचारिक घोषणा गर्ने नेकपा बहुमतका नेता हेमन्त प्रकाश ओली सुदर्शनले जानकारी दिए ।

यसअघि यी दुवै पार्टीले वैद्य र बास्तोला नेतृत्वमा वार्ता टोली गठन गरेका थिए । सो वार्ता टोलीमा गत साउन महिनामै पार्टी एकता गर्ने सहमति भएको थियो । त्यसको आठ महिनापछि काठमाडौंस्थित इच्छुक स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा गरिएको हो ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण) र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला (कञ्चन) ले यो एकता प्रक्रियामा नेकपा मसाललाई पनि सामेल गराउन प्रयास भइरहेको बताएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७९ शुक्रबार ००:००  १ : ५१ बजे