१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

थ्रेसर लगाउने क्रममा बाणगंगामा एक जना महिलाको मृत्यु



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका १ बठनपुरमा थ्रेसर लगाउने क्रममा एक जना महिलाको मृत्यु भएको छ ।

गहुँ थ्रेसिङ गर्ने क्रममा बाणगंगा नगरपालिका ४ गजेहडाकी ५० बर्षीया पार्वती नेपालीको मृत्यु भएको हो । विहिबार दिउँसो करिब ३ बजे आफ्नै खेतमा थ्रेसर लगाउने क्रममा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकोछ ।

प्रहरीका अनुसार लु ४ त ३३७७ नम्बरको ट्रयाक्टरमा जडित थ्रेसरको पुल्लीमा हात परेपछि उनको मृत्यु भएको हो ।

ट्रयाक्टर चालक बाणगंगा नगरपालिका ११ हथौसा निवासी राजकुमार थारुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहको प्रहरीले जानकारी दिएको छ । अहिले शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा तौलिहवामा राखिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८० शुक्रबार ००:००  ६ : १२ बजे