७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

तिलोत्तमा संस्थागत क्षमता मूल्याङ्कनमा लुम्बिनीकै पहिलो



बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका देशभरमा चौथो र लुम्बिनी प्रदेशमा प्रथम भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदनअनुसार तिलोत्तमा नगरपालिका देशभरमा चौथो र लुम्बिनी प्रदेशमा प्रथम भएको हो ।

हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को स्थानीय तहको संस्थागत प्रतिवेदन अनुसार तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र क्षमता स्वमूल्यांकन मुलुकभरमा चौथो भएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख राम कृष्ण खाणले दिए ।

शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार र सामाजिक समवेशीकरण गरी आठ वटा विधाका छुट्टा छुट्टै सूचक मूल्यांकनमा तिलोत्तमा नगरपालिका देशभरका पालिकाहरु मध्ये चौथों स्थान र लुम्बिनी प्रदेशमा प्रथम हुन सफल भएको हो ।

प्रकाशित मिति : १ बैशाख २०८० शुक्रबार ००:००  ६ : १६ बजे