७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्युठानका मल्लरानी र सरुमारानीको बेरुजु शून्य



प्युठान ।
जिल्लाका दुई वटा पालिकाको बेरुजु शून्य भएको छ । मल्लरानी गाउँपालिका र सरु मारानी गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बेरुजु शून्य आएको हो ।

महालेखा परीक्षकको ६० औँ प्रतिवेदन अनुसार देशभरमा प्युठानका दुई वटा पालिका मात्र शून्य बेरुजु हुने पालिकामा परेका छन् । दुवै पालिकाको आर्थिक वर्ष २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ को बेरुजु शून्य रहेको छ ।

तीन वर्षदेखि निरन्तर बेरुजु शून्य हुँदा खुसी थपेको सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो । “प्युठानकै दुई वटा पालिका बेरुजु शून्य भएको खवरले खुसी छौँ,” अध्यक्ष विश्वकर्माले भन्नुभयो,“इज्जतकै कुरा हो लगातार तीन वर्ष देखी बेरुजु शून्य नै छ ।” आर्थिक अनुशासनमा रहेर काम गर्दा बेरुजु शून्य बनाउन सकिन्छ भन्ने उदाहरण समेत भएको उहाँको भनाई छ ।

प्रकाशित मिति : २ बैशाख २०८० शनिबार ००:००  ६ : १० बजे