७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पाल्पाको जङ्गलमा एक जनाको शव फेला



पाल्पा ।
पाल्पाको जंगलमा एक पुरुषको शव फेला परेको छ । रम्भा गाउँपालिका वडा नं। ४ का ६३ वर्षीय यमबहादुर सूर्यवंशी मृत अवस्थामा फेला परेका हुन् ।

गत चैत २८ गते घाँस काट्न जङ्गल गएका सूर्यवंशी मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले हराइरहेका सूर्यवंशी शनिवार जङ्गलमा मृत अवस्थामा फेला परेको जानकारी दिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८० आइतबार ००:००  १ : ०२ बजे