३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

दाँतको पहेँलोपन हटाउने घरेलु उपाय



काठमाडौँ ।
यदि तपाईँको दाँत सेतो र चम्किलो छैन भने तपाईँलाई खुलेर हाँस्न पनि मन नलाग्न सक्छ।
मुखको स्वास्थ्यसँग सम्बन्धित यो समस्याले तपाईँको आत्मविश्वासलाई पनि कम गर्छ । यस्तो अवस्थामा आज हामी केही घरेलु उपाय बताउन गइरहेका छौँ, जसलाई अपनाएर तपाईँले दाँतको पहेँलो तहलाई धेरै हदसम्म कम गर्न सक्नुहुनेछ ।

यस्ता छन् घरेलु उपचार
–यदि तपाईँको दाँत पहेँलो भएको छ भने कागती र सुन्तलाको बोक्रा दाँतमा रगड्नुहोस्। यो उपाय हप्तामा दुई पटक गर्न सक्नुहुन्छ।

–नीमको पातले दाँतको पहेँलोपनलाई कम गर्न निकै सहयोग गर्छ। ब्रस गर्नुको सट्टा यसबाट दाँत माझ्न सुरु गर्नुहोस्।

–दाँतको पहेँलो हटाउनको लागि स्ट्रबेरी र नुनलाई एकसाथ राखेर ब्रसको मद्दतले सफा गर्दा दाँत सेतो र चम्किलो हुन्छ ।

–दाँतको पहेँलोपन कम गर्न मनतातो पानीमा अदुवा र नुन मिसाएर कुल्ला गर्नुहोस्, यसले मुखको गन्ध र पहेँलोपन कम हुन्छ।

–दाँत सफा गर्नका लागि भिनेगर पनि निकै प्रभावकारी हुन्छ । एक गिलास पानीमा सेतो भिनेगर मिलाएर कुल्ला गर्दा पनि दाँत मोती जस्तै चम्किलो हुनेछ।

प्रकाशित मिति : ९ बैशाख २०८० शनिबार ००:००  ८ : ३४ बजे