१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

पाल्पाको जोरधारामा बस दुर्घटना



बुटवल
बुटवल पाल्पा सडकखण्डको जोरधारामा आइतबार बिहान बस दुर्घटना भएको छ। बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस जोरधारामा दुर्घटनामा परेको हो।

दुर्घटनाको विस्तृत विवरण आउन भने बाँकी छ। अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेको जनाएको छ।
घटनास्थलमा रहेका जिल्ला टाफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक फर्सुराम गौतमले अहिले सम्म २० जना घाईतेहरुको उद्धार गरी पाल्पाको प्रबासमा रहेको लुम्बिनी मेडिकल कलेजमा पठाईएको र बाँकीको उद्धार गर्ने कार्य चलिरहेको बताए।

गौतमका अनुसार बिहान ८ बजे बुटवलबाट बाग्लुङको बुर्तिबाङका लागि छुटेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटनामा परेको हो।

बस सडकदेखि करिब ३ सय मिटर तल तिनाउ खोलामा खसेको छ। घाईतेहरु धैरैको अवस्था गम्भिर रहेको छ। अहिलेसम्म बसमा कति यात्रु थिए भन्ने खुल्न नसकेको गौतमले बताए।

प्रकाशित मिति : १० बैशाख २०८० आइतबार ००:००  १० : ४५ बजे