१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पाल्पाका दुर्घटनामा मृतक तथा घाइतेको विवरणसहित



रुपन्देही ।
आइतबार बिहान पाल्पाको जोरधारामा भएको बस दुर्घटनामा मृतक महिलाको सनाखत भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–३ सुर्यपुराकी अन्दाजी ३५ वर्षीय राधिका पौडल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

बुटवलबाट बाग्लुङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारामा सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा ३८ जना घाइते भएका छन् । बसमा ३९ जना रहेको प्रहरीको भनाइ छ । घाइते सबैको पाल्पा प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको र ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८० आइतबार ००:००  ४ : ४६ बजे