१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ढल्यो लुम्बिनी सरकार, मुख्यमन्त्री गिरी पदमुक्त



काठमाडौं ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् ।

प्रदेशसभामा बहुमत पुष्टि गर्न नसकेपछि गिरी पदमुक्त भएका हुन् ।

८७ सदस्यीय प्रदेशसभामा गिरीले जम्मा ३३ मत पाए । जबकि बहुमतका लागि ४४ मत आवश्यक थियो ।

गिरीलाई एमालेका २९ र राप्रपाका ४ जनाले मात्र मत दिएका हुन् ।

विश्वासको मतको प्रस्तावको विपक्षमा ५३ मत खस्यो ।

प्रकाशित मिति : ११ बैशाख २०८० सोमबार ००:००  १ : १८ बजे